अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको कम्पनी विश्लेषण

Nov 19, 2022 05:21 PM Merolagani

यस साता हाइड्रोपावर उपसमूहको परिसूचक ४.३७ प्रतिशत बढेको छ। गत साता १९४४.२३ विन्दुमा रहेको सो उपसमूहको परिसूचक यस साता ८५.०२ अंक बढेर २०२९.२५ विन्दुमा पुगेको छ।

सोही उपसमूहमध्येको एक कम्पनीको हो, अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड (UHEWA) ।

यस साता कम्पनीको शेयरमूल्य १० रुपैयाँ ९० पैसा बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३६४ रुपैयाँमा कारोबार भएको यस कम्पनीको शेयर, यस साता ३७४ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ।

यस अनुसार आगामी दिन कम्पनीको शेयरमूल्य उकालो लागेमा ४२५ रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, कम्पनीको शेयरमूल्य ओरालो लागेमा ३२५ रुपैयाँमा टेवा पाउने देखिन्छ।

यस साताको अन्तिम कारोबार दिन कम्पनीको ५ दिने इएमएले २० दिने इएमएलाई तलबाट काटेर माथि लागेको छ। यो गोल्डेन क्रशओभर हो। यसले आगामी दिनमा कम्पनीके शेयरमूल्य बढ्ने संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले हरियो मैनबत्ती बनाएको छ जसले सो दिन कम्पनीको शेयरमा खरिदचाप बढी रहेको संकेत गर्दछ।

शेयरमूल्य बढेसँगै यस साता कम्पनीको भोल्यूम पनि बढेको छ। यस साता कम्पनीको दैनिक औषतमा १२ हजार ६५० कित्ता शेयर खरिदबिक्री भएको छ। यससँगै कम्पनीको २० दिने औषत भोल्युम ८ हजार ३७१ कित्ता रहेको छ। २० दिने औषत भोल्युमको तुलनामा दैनिक औषत भोल्युम ५१.११ प्रतिशत बढी हो।

कम्पनीले हालैमात्र सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार सो अवधिसम्ममा कम्पनीले ३ करोड ६८ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले २४ लाख १३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।

असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ७ करोड ७६ लाख रुपैयाँ आम्दानी गरेको छ। सो अवधिसम्ममा कम्पनीको कुल नाफा ७ करोड ५४ लाख रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफा ७ करोड १५ लाख रुपैयाँ रहेको छ।

कम्पनीले निर्माण गरी सञ्चालनमा ल्याएको अपर हेवाखोला जलविद्युत आयोजनाको पावरहाउसमा जडान भएका दुईवटा युनिटमध्ये एउटा युनिटमा केही समस्या देखिएकोले २०७९ असोज २१ गतेदेखि उक्त युनिटबाट विद्युत उत्पादन बन्द भएको छ। उक्त युनिट मर्मतको प्रक्रियामा रहेको छ। जसले गर्दा आगामी त्रेमासिक अवधिमा कम्पनीले प्राप्त गर्ने आम्दानीमा केही कमी हुन गई यसबाट कम्पनीको नाफा र नगद प्रवाहमा सामान्य असर पर्न सक्छ।

५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ करोड ९२ लाख रुपैयाँ सञ्चित छ।

सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ४५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ८४ पैसा रहेको छ। साताको अन्तिम कारोबार दिनको आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात १२.७३ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु ३.४८ गुणा रहेको छ। कम्पनीको आरओई २७.३१ प्रतिशत रहेको छ।

यस साताको अन्तिम कारोबार दिन कम्पनीको आरएसआई ५२.७३ स्केल अर्थात न्यूट्रल जोनमा रहेको छ। यसले कम्पनीको शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ। प्राविधिक विश्लेषणका अधिकांश उपकरणहरुले कम्पनीको शेयर बुलिश प्रवृत्तिमा रहेको देखाएको छ।

हाल नेप्सेमा कम्पनीको ५० लाख कित्ता शेयर सूचीकृत छ। गत बिहीबार कम्पनीको शेयर प्रतिकित्ता ३७४ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो। यस अनुसार कम्पनीको कुल बजार पूँजीकरण १ अर्ब ८७ करोड ४५ लाख रुपैयाँ रहेको छ।

कम्पनीको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ४५७ रुपैयाँ ७० पैसा रहेको छ भने न्यून मूल्य १३० रुपैयाँ २० पैसा रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य ३५६ रुपैयाँ ५५ पैसा रहेको छ।

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।