युनाईटेड इदी मर्दीले लाभांश प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा

Nov 24, 2022 10:30 AM Merolagani



युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेड (UMRH) ले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

कम्पनीले मंसिर २८ गते, बुधबार १३ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा आभ्या क्लब, धारीपाटन, पोखरामा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १६ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।