गत साता १५ अंकभन्दा बढी घटेको नेप्से, यस साता के होला?

Dec 25, 2022 05:56 AM Merolagani



गत साता नेप्से परिसूचक १५ अंक भन्दा बढी घटेको थियो। अघिल्लो साता १८८२.६० विन्दुमा बन्द भएको नेप्से परिसूचक, गत साता १५.३९ अंक घटेर १८६७.२१ विन्दुमा झरेको हो।

साताका ५ कारोबार दिनमध्ये ३ कारोबार दिन बजार नकारात्मक भएसँगै नेप्सेले सो बराबरको अंक गुमाएको हो। गत साताको सोमबार र मंगलबार नेप्से परिसूचक बढेको थियो।

यस अनुसार आगामी दिनमा नेप्से उकालो लागेमा १९६८ विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १८४० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता साप्ताहिक रुपमा नेप्सेले बियरिश मैनबत्ती बनाएको छ। यसले गत साता बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ। साताको अन्तिम कारोबार दिन भने नेप्सेले ह्यामर मैनबत्ती बनाएको छ। यो एक ट्रेन्ड रिभर्सलको संकेत हो।

गत साता नेप्सेको २० दिने इएमए र नेप्से परिसूचक दुबै ५० दिने इएमएभन्दा तल रहेको छ। यसले बजारमा अझै बियरिश सेन्टिमेन्ट कायम रहेको संकेत गर्दछ।

गत साता नेप्सेको एमएसिडी रेखा र सिग्नल रेखा दुबै शून्य रेखा भन्दा तल रहेको छ। यसले बजार अझै नकारात्मक क्षेत्रमा रहेको संकेत गर्दछ। यद्यपि, नकारात्मक क्षेत्रमा रहेको हिस्टोग्राममा भने विस्तारै सुधार भएको देखिन्छ। आगामी दिनमा हिस्टोग्राममा सुधार भएसँगै एमएसिडी रेखाले सिग्नल रेखालाई तलबाट काटेर माथि लागेमा बुलिश क्रशओभर बन्नेछ जसले बजार बढ्ने संकेत गर्दछ।

गत साताको अन्तिम कारोबार दिन नेप्सेको आरएसआई ३९.५७ स्केलमा रहेको छ। यो न्यूट्रल जोन हो। यसले बजारमा शेयर खरिदबिक्री चाप सन्तुलनामा रहेको संकेत गर्दछ।

गत साता नेप्सेसँगै भोल्यूम पनि कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ९९ करोड १५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो। नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब १७ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम १५.७७ प्रतिशत कम हो।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।