गत साता साढे ८ प्रतिशत बढेकाे नेप्से, यस साता के होला?

Jan 01, 2023 05:49 AM Merolagani



गत साता नेप्से परिसूचक साढे ८ प्रतिशत बढेको छ। अघिल्लो साता १८६७.२१ विन्दुमा बन्द भएको नेप्से, गत साता ८.६७ प्रतिशत अर्थात १६१.८२ अंक बढेर २०२९.०३ विन्दुमा पुगेको छ।

गत साता बजार खुलेका ४ कारोबार दिनमध्ये ३ कारोबार दिन नेप्से उकालो लागेको थियो भने एक कारोबार दिन नेप्से ओरालो लागेको थियो। गत साताको बुधबार नेप्सेमा करिब १२ अंकको करेक्सन भएको थियो। नयाँ सरकार गठन प्रक्रियासँगै नेप्से उकालो लागेको हो।

यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा २२०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, नेप्से परिसूचक ओरालो लागेमा भने १८०० विन्दुमा टेवा पाउने देखिन्छ।

साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने इएमएले ५० दिने इएमएलाई तलबाट काटेर माथि लाग्न लागेको देखिन्छ। यस साता नेप्सेको २० दिने इएमएले ५० दिने इएमएलाई तलबाट काटेर माथि लागेमा गोल्डन क्रशओभर बन्नेछ। जसले आगामी दिनमा नेप्से बढ्ने संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन नेप्सेले बुलिश मैनबत्ती बनाएको छ। यसले सो दिन बजारमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।

यस साता नेप्सेको एमएसिडी रेखाले सिग्नल रेखालाई तलबाट काटेर माथि लागेको छ। यो बुलिश क्रशओभर हो। यसले आगामी दिनमा बजार बढ्ने संकेत गर्दछ। त्यसैगरी, एमएसिडी रेखा सकारात्मक क्षेत्रमा पुगेको छ भने हिस्टोग्राम पनि शून्य रेखाभन्दा माथि रहेको छ।

साताको अन्तिम कारोबार दिन नेप्सेको आरएसआई ६९.५५ स्केलमा रहेको छ। यो न्यूट्रल जोन हो। यसले बजारमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ। आरएसआई ७० स्केलभन्दा माथि अर्थात ओभरबट जोनमा पुगेपछि कुनैपनि बेला करेक्सन हुन सक्ने सम्भावना हुन्छ। त्यसैले, शेयर खरिदबिक्री गर्दा केही सजकता अपनाउनु पर्ने देखिन्छ।

सूचकसँगै यस साता नेप्सेको भोल्यूम पनि बढेको छ। यस साता दैनिक औषतमा २ अर्ब ७४ करोडको शेयर खरिदबिक्री भएको छ। नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा नेप्सेको दैनिक औषत भोल्यूम ८८.६८ प्रतिशत बढी हो। सूचकसँगै भोल्यूम पनि बढ्दा, सो वृद्धिलाई बलियो वृद्धिको रुपमा लिइन्छ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।