नेरुडे लघुवित्तको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी

Feb 10, 2023 04:27 AM Merolagani

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड (NLBBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ६ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५८.४० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १५ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घट्सँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २८.८५ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १५.६५ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २५.५८ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ५६.९५ प्रतिशत घटेको छ।

नाफासँगै लघुवित्तकोा प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३० रुपैयाँ ७५ पैसा घटेर २१ रुपैयाँ ९१ पैसामा झरेको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४५.९७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ५८ पैसा रहेको छ।

६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ६९ करोड ९४ लाख रुपैयाँ सञ्चित छ। पछिल्लो ६ महिनामा लघुवित्तको सापटी तथा निक्षेप १.०५ प्रतिशत बढेको छ भने कर्जा १.९४ प्रतिशत बढेको छ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।