आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट, भाग्यमानी ८ जनाले पाए ११ कित्ताका दरले शेयर

Feb 22, 2023 08:37 AM Merolagani



आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ८ गते सोमबार आईपीओ बाँडफाँट गरेको छ। लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ १६ गतेदेखि फागुन २ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा बाँडफाँट गरेको हो।

लघुवित्तले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता शेयरमध्ये २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको थियो।

लघुवित्तले रितपूर्वक आवेदन दिएका २ हजार ३३ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरेको हो। सोमध्ये भाग्यमानी ८ जनालाई थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले शेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जनाएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज लिमिटेड रहेको छ।