सानिमा मिडिल तमोरको आईपीओ बाँडफाँट, भाग्यमानी ८ जनाले पाए ११ कित्ताका दरले शेयर

Mar 22, 2023 10:46 AM Merolagani



चैत ८ गते, बुधबार, सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय, नक्सालमा सो आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले फागुन २६ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यका ४२ लाख ४८ हजार ९३८ कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल १३ लाख ५६ हजार ३४१ आवेदन परेको थियो। जसमध्ये १३ लाख ४८ हजार ३४२ आवेदन स्वीकृत भएको छ।

मागभन्दा बढी आवेदन परेको हुनाले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। यस अनुसार ४ लाख २४ हजार ८९३ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। सोमध्ये भाग्यमानी ८ जनाले थप १ कित्ता अर्थात कुल ११ कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।