यस कारण नेशनल हाइड्रोपावर नोक्सानीमा

Apr 30, 2023 10:18 AM Merolagani



नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड (NHPC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनी नोक्सानीमा रहेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २ करोड २९ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ३ करोड २७ लाख रुपैयाँ नाफामा थियो।

विद्युत बिक्री आम्दानी घटेसँगै वित्तीय खर्च बढेका कारण कम्पनीले नोक्सानी व्यहोर्नु परेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १९.४१ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ करोड ६१ लाख रुपैयाँ रहेको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर २ करोड ९ लाख रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, कम्पनीको कुल नाफा ६१.१४ प्रतिशत घटेर ९९ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन आम्दानी १ करोड ६६ लाख रुपैयाँबाट १६ लाख रुपैयाँमा झरेको छ। कम्पनीको वित्तीय आम्दानी भने समीक्षा अवधिमा १२५.४१ प्रतिशत बढेर ५० लाख रुपैयाँबाट १ करोड १२ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ऋणात्मक रहेको छ। चैत मसान्तसम्ममा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ८६ पैसा ऋणात्मक रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ४१ पैसा रहेको छ।

कम्पनीले सुनकोशी हाइड्रोपावर कम्पनीलाई प्राप्त गरी गत असोज १४ गतेदेखि एकीकृत कारोबार शुरु गरिसकेको छ भने सो कम्पनीको २५ हजार कित्ता शेयर नेप्सेमा सूचीकरणको प्रक्रियामा रहेको छ।

कम्पनीले तल्लो इन्द्रावती जलविद्युत आयोजनामा गरेको सम्पूर्ण लगानीलाई प्रोजेक्ट वर्क इन प्रोग्रेशमा रकमान्तर गरेको छ। ४.५ मेगावाटको तल्लो इन्द्रावती जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति प्राप्त भएपश्चात प्राविधिक तथा वातावरणीय अध्ययन समाप्त भएसकेको छ भने नेपाल विद्युत प्राधिकरणसँग पावर पर्चेज एग्रीमेन्ट पनि सम्पन्न भइसकेको छ।

कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगबाट स्वीकृती प्राप्त गरिसकेको छ भने नेपाल धितोपत्र बोर्डमा स्वीकृती प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

 




comments powered by Disqus

महुली लघुवित्तको एफपीओ बाँडफाँट

Jan 03, 2025 10:54 AM

पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।