गत साता १ प्रतिशत घटेको नेप्से यस साता के होला?

May 07, 2023 05:52 AM Merolagani



गत साता नेप्से परिसूचक १ प्रतिशत घटेर बन्द भएको थियो। अघिल्लो साता १८८९.७५ विन्दुमा बन्द भएको नेप्से, गत साता १.०६ प्रतिशत अर्थात २०.०२ अंक घटेर १८६९.७३ विन्दुमा झरेको हो।

गत साता ४ कारोबार दिन मात्र बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से नकारात्मक रहेको थियो भने एक कारोबार दिन नेप्से सकारात्मक भएर बन्द भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्से करिब १३ अंक बढेर बन्द भएको थियो।

माइनर सपोर्टबाट माथि उक्लियो

साताको अन्तिम कारोबार दिन नेप्से माइनर सपोर्ट विन्दु १८१५.५० विन्दुबाट माथि उक्लिएको छ। यस साता नेप्से उकालो लागेमा १८९० देखि १९१० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १८०० देखि १८३५ को क्षेत्रमा टेवा पाउने देखिन्छ।

रिभर्सलको संकेत

साप्ताहिक रुपमा नेप्सेले गत साता रातो ह्यामर मैनबत्ती बनाएको छ। यसले आगामी दिनमा बजार रिभर्स हुने संकेत गर्दछ। साताको अन्तिम कारोबार दिन भने नेप्सेले हरियो मैनबत्ती बनाएको छ। जसले सो दिन बजारमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

गत साता नेप्से घटेसँगै भोल्यूम पनि कमजोर रहेको छ। साताका चारै कारोबार दिन २० दिने औषत भोल्यूमभन्दा कम कारोबार भएको छ। गत साता नेप्सेमा दैनिक औषतमा ७५ करोडको शेयर कारोबार भएको छ। नेप्सेको २० दिने औषत भोल्यूम ९३ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम १९.३५ प्रतिशत कम हो।

बुलिश क्रशओभरको सम्भावना

गत साता नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाभन्दा तल रहेको छ। यद्यपि, यी दुई बीचको दूरी साँघुरो छ। आगामी दिनमा एमएसिडी रेखाले सिग्नल रेखालाई तलबाट काटेर माथि लागेमा बुलिश क्रशओभर बन्नेछ जसले बजार बढ्ने संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता स्टकास्टिक आरएसआईमा नेप्से परिसूचक न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।