मर्जरलाई अन्तिम स्वीकृती दिन लक्ष्मी बैंकले बोलायो विशेष साधारण सभा

May 31, 2023 08:40 AM Merolagani



लक्ष्मी बैंक लिमिटेड (LBL) ले मर्जर प्रस्तावलाई अन्तिम स्वीकृती दिन विशेष साधारण सभा बोलाएको छ। बैंकले असार ३ गते, आइतबार, अग्रंवाल भवन, कमलपोखरी, काठमाडौँमा सो सभा बोलाएको हो।

सभाले लक्ष्मी बैंक र सनराइज बैंक एक बराबर एक शेयर स्वाप रेशियमा मर्ज हुने, मर्जरसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनार्थ बैंकले जेठ २६ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार जेठ २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




विद्या भण्डारी एमाले अध्यक्ष बन्ने पक्का !

May 18, 2026 06:20 PM

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नविकरण गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।