Tue, Dec 02, 2025
बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) ले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ। कम्पनीले साउन १४ गते, आइतबार, लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौँमा सो सभा बोलाएको हो। सो सभा दिनको १ बजे शुरु हुनेछ।
सभाले विद्युत नियमन आयोगबाट प्रस्ताव स्वीकृत भए बमोजिम कम्पनीको हाल कायम चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीले गरेका लगानीहरुको सम्बन्धमा पनि प्रस्ताव पारित गर्नेछ। विशेष साधारण सभा प्रयोजनार्थ कम्पनीले साउन ५ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। यस अनुसार साउन ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
सभाले विद्युत नियमन आयोगबाट प्रस्ताव स्वीकृत भए बमोजिम कम्पनीको हाल कायम चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीले गरेका लगानीहरुको सम्बन्धमा पनि प्रस्ताव पारित गर्नेछ।
विशेष साधारण सभा प्रयोजनार्थ कम्पनीले साउन ५ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। यस अनुसार साउन ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।