हकप्रद शेयर निष्काशन प्रस्ताव पारित गर्न बरुण हाइड्रोपावरले बोलायो विशेष साधारण सभा

Jul 13, 2023 08:40 AM Merolagani



बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) ले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ। कम्पनीले साउन १४ गते, आइतबार, लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौँमा सो सभा बोलाएको हो। सो सभा दिनको १ बजे शुरु हुनेछ।

सभाले विद्युत नियमन आयोगबाट प्रस्ताव स्वीकृत भए बमोजिम कम्पनीको हाल कायम चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीले गरेका लगानीहरुको सम्बन्धमा पनि प्रस्ताव पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनार्थ कम्पनीले साउन ५ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। यस अनुसार साउन ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।