लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्विटी फण्डले तोक्यो बुकक्लोज मिति

Aug 10, 2023 09:44 AM Merolagani



लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्ड (LEMF) र लक्ष्मी उन्नती कोषले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ।

यी दुबै फण्डहरुले साउन ३२ गते बुकक्लोज गर्ने भएका छन्। यस अनुसार साउन ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुको प्रतिफल प्राप्त गर्न सक्नेछन्।

लक्ष्मी इक्विटी फण्डले गत आर्थिक वर्षको लागि आफ्ना इकाईधनीहरुलाई कर सहित ८ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ भने लक्ष्मी उन्नती कोष (LUK) ले करसहित ९.५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ।

यी फण्डहरुको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ भने भने कोष प्रबर्द्धक लक्ष्मी सनराइज बैंक लिमिटेड रहेको छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।