लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्विटी फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

Aug 16, 2023 10:15 AM Merolagani



लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्ड (LEMF) र लक्ष्मी उन्नती कोषको प्रतिफल सुरक्षित गर्ने आज (साउन ३१ गते) अन्तिम दिन रहेको छ।

प्रतिफल वितरण प्रयोजनार्थ यी दुबै फण्डहरुले भोली अर्थात साउन ३२ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुको प्रतिफल प्राप्त गर्न सक्नेछन्।

लक्ष्मी इक्विटी फण्डले गत आर्थिक वर्षको लागि आफ्ना इकाईधनीहरुलाई कर सहित ८ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ भने लक्ष्मी उन्नती कोष (LUK) ले करसहित ९.५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ।

यी फण्डहरुको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ भने भने कोष प्रबर्द्धक लक्ष्मी सनराइज बैंक लिमिटेड रहेको छ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।