कुमारी क्यापिटलका दुई म्युचुअल फण्डको बुकक्लोज मिति तय

Aug 28, 2023 10:23 AM Merolagani



कुमारी क्यापिटलको व्यवस्थापनमा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित दुई म्युचुअल फण्डले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ।

क्यापिटलले कुमारी इक्विटी फण्ड (KEF) र कुमारी धनवृद्धि योजनाको प्रतिफल वितरण प्रयोजनार्थ भदौ १८ गते बुकक्लोज गर्ने भएको छ। कुमारी क्यापिटलले कुमारी इक्विटी फण्डका इकाईधनीहरुलाई करसहित १० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको थियो भने कुमारी धनवृद्धि योजना (KDBY) का इकाईधनीहरुका लागि कर सहित ६ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको थियो।

भदाै १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।