सिद्धार्थ क्यापिटलका दुई म्युचुअल फण्डहरुको बुकक्लोज मिति तय

Aug 23, 2023 10:30 AM Merolagani



सिद्धार्थ क्यापिटल लिमिटेडको व्यवस्थापनमा सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाहरुले बुकक्लोज मिति घोषणा गरेका छन्। सिद्धार्थ इक्विटी फण्ड (SEF) र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति घोषणा गरेको हो।

यी दुबै फण्डहरुले भदौ १३ गते बुकक्लोज गर्ने भएका छन्। यस अनुसार भदौ १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सिद्धार्थ इक्विटी फण्डले गत आर्थिक वर्षका लागि करसहित ५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ (SIGS2) ले करसहित ६.५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।