स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो कुथेली बुखरी स्मल हाइड्रोपावरको पहिलो कारोबार?

Aug 21, 2023 10:48 AM Merolagani



भदौ ४ गते, सोमबार, स्पेशल प्रि ओपन सेसनमा कुथेली बुखरी स्मल हाइड्रोपावर (KBSH) को पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता ४७९ रुपैयाँमा पहिलो कारोबार भएको छ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दाहरु र कर्मचारीहरुमा समेत वितरण गरेको २ लाख ४३ हजार ७३५ कित्ता शेयर र संस्थापक शेयरधनीहरुले लगानी गरेको ९ लाख ७४ हजार ९४० कित्ता शेयर गरी कुल १२ लाख १८ हजार ६७५ कित्ता शेयर अघिल्लो दिन अर्थात भदौ ३ गते नेप्सेमा सूचीकृत भएको थियो

कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले १५९ रुपैयाँ ६७ पैसादेखि ४७९ रुपैयाँ १ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। यही रेञ्जका आधारमा यस दिन स्पेशल प्रिओपन सेसनमा हाइ रेञ्जमा कम्पनीको पहिलो कारोबार भएको हो। नेप्सेले कम्पनीलाई केबीएसएच स्टक टिकर प्रदान गरेको छ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।