स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो कुथेली बुखरी स्मल हाइड्रोपावरको पहिलो कारोबार?

Aug 21, 2023 10:48 AM Merolagani



भदौ ४ गते, सोमबार, स्पेशल प्रि ओपन सेसनमा कुथेली बुखरी स्मल हाइड्रोपावर (KBSH) को पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता ४७९ रुपैयाँमा पहिलो कारोबार भएको छ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दाहरु र कर्मचारीहरुमा समेत वितरण गरेको २ लाख ४३ हजार ७३५ कित्ता शेयर र संस्थापक शेयरधनीहरुले लगानी गरेको ९ लाख ७४ हजार ९४० कित्ता शेयर गरी कुल १२ लाख १८ हजार ६७५ कित्ता शेयर अघिल्लो दिन अर्थात भदौ ३ गते नेप्सेमा सूचीकृत भएको थियो

कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले १५९ रुपैयाँ ६७ पैसादेखि ४७९ रुपैयाँ १ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। यही रेञ्जका आधारमा यस दिन स्पेशल प्रिओपन सेसनमा हाइ रेञ्जमा कम्पनीको पहिलो कारोबार भएको हो। नेप्सेले कम्पनीलाई केबीएसएच स्टक टिकर प्रदान गरेको छ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।