गत साता करिब साढे २३ अंक घटेको नेप्से, यस साता के होला?

Sep 03, 2023 06:10 AM Merolagani



गत साता नेप्से परिसूचक करिब साढे २३ अंक घटेर बन्द भएको छ। अघिल्लो साता २०१३.९३ विन्दुमा बन्द भएको नेप्से, गत साता २३.३४ अंक अर्थात १.१६ प्रतिशत घटेर १९९०.५९ विन्दुमा झरेको हो।

गत साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से घटेर बन्द भएको थियो भने एक कारोबार दिन सामान्य अंक बढेर बन्द भएको हो।

 

टेवा लिन खोज्दै नेप्से

गत साता नेप्सेले १९६० देखि १९९० को क्षेत्रमा टेवा लिन खोजिरहेको देखिन्छ। यस साता नेप्सेले सो क्षेत्रमा टेवा लिई उकालो लागेमा १९९० देखि २१२० को क्षेत्रमा प्रतिरोधको सामना गर्नेछ। त्यसैगरी, सो टेवा क्षेत्रलाई तोडेर ओरालो लागेमा भने १८१० देखि १८४० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

बिक्रीकर्ता हाबी

गत साता नेप्सेले बियरिश मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा खरिदकर्ताको तुलनामा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ। साताको अन्तिम कारोबार दिन पनि नेप्सेले रातो मैनबत्ती बनाएको थियो। जसले सो दिन पनि बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

गत साता नेप्सेसँगै भोल्यूम पनि घटेको छ। गत साता नेप्सेमा दैनिक औषतमा १ अर्ब ६ करोडको शेयर कारोबार भएको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब ६५ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ३५.७५ प्रतिशत कम हो। घट्दो बजारमा कम भोल्यूमले लगानीकर्ताहरु शेयर बिक्री गर्न नचाहेको संकेत गर्दछ।

बियरिश प्रवृत्ति

गत साता नेप्सेको सिग्नल रेखा, एमएसिडी रेखा र हिस्टोग्राम सबै नकारात्मक क्षेत्र अर्थात शून्य रेखाभन्दा तल रहेको छ। त्यसैगरी, नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाभन्दा पनि तल रहेको छ। यसले बजार बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

बिक्रीचाप बढी

गत साता नेप्सेको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोनमा रहेको छ। यसले बजारमा खरिदचापको तुलनामा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।