गत साता करिब ४ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Sep 17, 2023 06:46 AM Merolagani



गत साता नेप्से परिसूचक करिब ४ प्रतिशत बढेको थियो। अघिल्लो साता १९३२.४५ विन्दुमा बन्द भएको नेप्से, गत साता ३.८६ प्रतिशत अर्थात ७४.३१ अंक बढेर २००७.०६ विन्दुमा बन्द भएको थियो।

गत साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से उकालो लागेको थियो भने एक कारोबार दिन घटेको थियो।

टेवा पाई उक्लियो नेप्से

गत साता नेप्से परिसूचकले १९६० देखि १९९० को क्षेत्रमा टेवा पाएर माथि उक्लिएको छ। साताको अन्तिम कारोबार दिन नेप्से २००० विन्दुभन्दा माथि बन्द भएकोले लगानीकर्ताहरुमा बजार बढ्ने आशा देखिन थालेको छ। यस साता नेप्से उकालो लागेमा २०९० देखि २१२० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

खरिदकर्ता बलियो

गत साता नेप्सेले बुलिश इन्गल्फिङ्ग प्याटर्न बनाएको छ। यसले गत साता बजारमा बिक्रीकर्ताको तुलनामा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

गत साता नेप्सेको वृद्धिलाई भोल्यूमले पनि साथ दिएको छ। गत साता नेप्सेमा दैनिक औषतमा १ अर्ब ३१ करोडको शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब २७ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ३.१४ प्रतिशत बढी हो।

बजार बढ्ने संकेत

गत साता एमएसिडीमा नेप्सेले बुलिश क्रशओभर बनाएको छ। नेप्सेको एमएसिडी रेखाले सिग्नल रेखालाई तलबाट काटेर माथि लागेसँगै यस्तो क्रशओभर बनेको हो। यसले आगामी दिनमा नेप्से उकालो लाग्ने संकेत गर्दछ। त्यस्तै, नेप्सेको हिस्टोग्रम पनि साताको अन्तिम कारोबार दिन सकारात्मक क्षेत्रमा पुगेको छ।

बिक्रीचाप बढी

गत साता नेप्सेको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोनमा रहेको छ। यसले बजारमा खरिदचापको तुलनामा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।