स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो सन नेपाल लाइफको पहिलो कारोबार?

Sep 21, 2023 10:47 AM Merolagani



असोज ४ गते, बिहीबार, स्पेशल प्रि ओपन सेसनमा सन नेपाल लाइफ इन्स्योरेन्स (SNLI) को पहिलो कारोबार भएको छ। इन्स्योरेन्सको शेयर यस दिन प्रतिकित्ता ४७५ रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो।

इन्स्योरेन्सको शेयर असोज २ गते, नेप्सेमा सूचीकृत भएको थियो। सो दिन नेप्सेमा इन्स्योरेन्सको ३ करोड २० लाख कित्ता शेयर सूचीकृत भएको थियो।

पहिलो कारोबारका लागि इन्स्योरेन्सलाई नेप्सेले १५८ रुपैयाँ ४१ पैसादेखि ४७५ रुपैयाँ २३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिन इन्स्योरेन्सको पहिलो कारोबार भएको हो। इन्स्योरेन्सको स्टक टिकर एसएनएलआई रहेको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।