स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो हाथवे इन्भेष्टमेन्ट र माण्डु हाइड्रोपावरको पहिलो कारोबार?

Oct 11, 2023 10:49 AM Merolagani



असोज २४ गते, बुधबार, स्पेशल प्रि ओपन सेसनमा हाथवे इन्भेष्टमेन्ट (HATHY) र माण्डु हाइड्रोपावरको पहिलो कारोबार भएको छ। यस दिन हाथवेको शेयर प्रतिकित्ता २८५ रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो भने माण्डुको ३७३ रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो।

यी दुबै कम्पनीहरुको शेयर असोज २३ गते, मंगलबार नेप्सेमा सूचीकृत भएको थियो। पहिलो कारोबारका लागि नेप्सेले हाथवेलाई ९५ रुपैयाँ ९ पैसादेखि २८५ रुपैयाँ २७ पैसासम्मको ओपनिङ्ग रेञ्ज दिएको थियो। त्यस्तै, माण्डु (MANDU) लाई नेप्सेले १२४ रुपैयाँ ४२ पैसादेखि ३७३ रुपैयाँ २६ पैसासम्मको ओपनिङ्ग रेञ्ज दिएको थियो।

सोही रेञ्जका आधारमा यस दिन उच्च मूल्यमा यी कम्पनीहरुको पहिलो कारोबार भएको हो। अब यी कम्पनीहरुको शेयर दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।