स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो हाथवे इन्भेष्टमेन्ट र माण्डु हाइड्रोपावरको पहिलो कारोबार?

Oct 11, 2023 10:49 AM Merolagani



असोज २४ गते, बुधबार, स्पेशल प्रि ओपन सेसनमा हाथवे इन्भेष्टमेन्ट (HATHY) र माण्डु हाइड्रोपावरको पहिलो कारोबार भएको छ। यस दिन हाथवेको शेयर प्रतिकित्ता २८५ रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो भने माण्डुको ३७३ रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो।

यी दुबै कम्पनीहरुको शेयर असोज २३ गते, मंगलबार नेप्सेमा सूचीकृत भएको थियो। पहिलो कारोबारका लागि नेप्सेले हाथवेलाई ९५ रुपैयाँ ९ पैसादेखि २८५ रुपैयाँ २७ पैसासम्मको ओपनिङ्ग रेञ्ज दिएको थियो। त्यस्तै, माण्डु (MANDU) लाई नेप्सेले १२४ रुपैयाँ ४२ पैसादेखि ३७३ रुपैयाँ २६ पैसासम्मको ओपनिङ्ग रेञ्ज दिएको थियो।

सोही रेञ्जका आधारमा यस दिन उच्च मूल्यमा यी कम्पनीहरुको पहिलो कारोबार भएको हो। अब यी कम्पनीहरुको शेयर दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।