गत साता करिब साढे ४ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Oct 15, 2023 07:11 AM Merolagani



गत साता नेप्से परिसूचक करिब साढे ४ प्रतिशत घटेर बन्द भएको थियो। अघिल्लो साता १९५६.९२ विन्दुमा बन्द भएको नेप्से, गत साता ४.२१ प्रतिशत अर्थात ८२.३२ अंक घटेर १८७४.६० विन्दुमा झरेको हो।

५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार नकारात्मक भएर बन्द भएसँगै नेप्सेले सो बराबरको अंक गुमाएको हो। गत साता बुधबार नेप्से सामान्य अंक बढेर बन्द भएको थियो।

 

टेवा क्षेत्र तोडेर तल झर्यो

गत साता नेप्से टेवा क्षेत्र तोडेर तल झरेको थियो। साताको पहिलो कारोबार दिन नै नेप्सेले १९५० देखि १९९० को टेवा क्षेत्र तोडेको थियो। त्यसपश्चात सो क्षेत्र यस साताको लागि प्रतिरोध क्षेत्र बनेको छ। यस साता नेप्से परिसूचक ओरालो लागेमा १८१० देखि १८४० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

प्यानिक लगानीकर्ता

गत साता लगानीकर्ताहरु प्यानिक भइ शेयर बिक्री गरेको देखिन्छ। साप्ताहिक रुपमा नेप्सेले बियरिश मैनबत्ती बनाएको छ। गत साताको पहिलो कारोबार दिन नेप्सेले उच्च भोल्यूमसहित टेवा क्षेत्र तोडेको थियो। त्यसैले, आगामी दिनमा पनि बजारमा थप बिक्रीकर्ता हाबी हुन सक्ने अनुमान गर्न सकिन्छ।

कमजोर भोल्यूम

गत साता नेप्सेसँगै भोल्यूम पनि केही कमजोर देखिएको छ। गत साता नेप्सेमा दैनिक औषतमा १ अर्ब ४१ करोडको शेयर खरिदबिक्री भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब ५० करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्युमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ६ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

गत साता नेप्से परिसूचक बियरिश प्रवृत्तिमा देखिएको थियो। अघिल्लो साता बियरिश क्रशओभर बनाएर तल झरेको नेप्सेको एमएसिडी यस साता पनि सिग्नल रेखाभन्दा तल नै रहेको छ। नेप्सेको हिस्टोग्राम पनि शून्य रेखाभन्दा तल रहेको छ।

बिक्रीचाप बढी

यस साता नेप्सेमा बिक्रीचाप बढी रहेको देखिएको छ। ओभरसोल्ड जोनमा रहेको नेप्सेको स्टकास्टिक आरएसआईले यस्तो संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

मेरोलगानी दशैँ बम्पर अफरः एक वर्षको सब्स्क्रिप्सनमा अर्को एक वर्ष फ्री, मूल्यमा पनि भारी छुट

 

 




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।