माण्डु हाइड्रोपावरको विद्युत बिक्री आम्दानी सामान्य बढ्यो, नाफा कति?

Nov 08, 2023 09:29 AM Merolagani

माण्डु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत २५ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.८७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २४ करोड ४० लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानी सामान्य बढेसँगै कम्पनीको सञ्चालन मुनाफा पनि ३.६४ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा २२ करोड २३ लाख रुपैयाँ रहेको कम्पनीको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिमा २३ करोड ४ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा भने १३.३२ प्रतिशत बढेर १२ करोड ७२ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वित्तीय खर्च घटेका कारण सञ्चालन मुनाफाको तुलनामा खुद नाफा वृद्धिदर धेरै देखिएको हो।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १० पैसा घटेर ३७ रुपैयाँ ३३ पैसामा सीमित भएको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा प्रतिशेयर आम्दानी घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १३.६४ प्रतिशत बढेर १ अर्ब ३६ करोड ३६ लाख रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा कम्पनीको जगेडा कोष भने १८०.२६ प्रतिशत बढेर ६३ करोड ४७ लाख रुपैयाँ पुगेको छ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ५५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११.५ गुणा रहेको छ।

कम्पनीले २०७५ चैत १९ गतेदेखि २२ मेगावाटको बाग्मति स्मल हाइड्रोपावर आयोजना सञ्चालन गरिरहेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो सो प्रस्ताव पारि गर्न कम्पनीले मंसिर १५ गते १२ औँ वार्षिक साधारण सभा बोलाएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।