पहिलो त्रैमाससम्ममा मनकामना इन्जिनियरिङ्ग नोक्सानीमा

Dec 19, 2023 06:22 AM Merolagani



मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेड (MEHL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनी नोक्सानीमा रहेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ४७ लाख ७५ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ। सो अवधिसम्ममा कम्पनीको विक्री आम्दानी ३ करोड ५३ लाख रुपैयाँ रहेको छ भने कुल नाफा ३२ करोड ५० लाख रुपैयाँ रहेको छ। यद्यपि, कम्पनीको वित्तीय खर्च २ करोड रहेका कारण खुद नाफा ऋणात्मक हुन पुगेको हो।

८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग १७ करोड ५५ लाख रुपैयाँ रहेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ३९ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ७८ रुपयाँ ५ पैसा रहेको छ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।