स्पेशल प्रि ओपन सेसनमा हिमालयन रि इन्स्योरेन्सको कतिमा भयो कारोबार?

Jan 08, 2024 10:47 AM Merolagani



पुस २३ गते, सोमबार, स्पेशल प्रि ओपन सेसनमा हिमालयन रि इन्स्योरेन्स (HRL) को पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता ३०९ रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर पुस २२ गते आइतबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसहित सर्वसाधारणका लागि निष्काशन गरेको ३ करोड कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ७ करोड कित्ता गरी कुल १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०३ रुपैयाँ ७ पैसादेखि ३०९ रुपैयाँ २१ पैसासम्मको ओपनिङ्ग रेञ्ज दिएको थियो। सोही रेञ्जका आधारमा यस दिन कम्पनीको पहिलो कारोबार भएको हो। कम्पनीको शेयर टिकर एचआरएल रहेको छ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।