एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको नाफा उल्लेख्य बढ्यो

Feb 08, 2024 10:43 AM Merolagani



एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (NRN) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले १ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८८.०७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्प्नीले ५६ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको कुल आम्दानी घटेपनि वित्तीय सम्पत्तीको फेर भ्यालु परिर्वतन नाफा धनात्मक भएका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३९.३८ प्रतिशत घटेको छ भने कुल खर्च २६.७३ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको सञ्चालन आम्दानी ५१.७३ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १ करोड ७४ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको वित्तीय सम्पत्तीको फेर भ्यालु परिवर्तन नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ९१ लाख रुपैयाँ धनात्मक भएको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ७४ पैसा बढेर २ रुपैयाँ ६७ पैसा पुगेको छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ५६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०२.०२ गुणा रहेको छ।

१ अर्ब २२ करोड ३२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ६ करोड ४७ लाख रुपैयाँ रहेको छ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।