हाथवे इन्भेष्टमेन्टको आम्दानी घट्यो, खुद नाफा ऋणात्मक

Feb 11, 2024 06:28 AM Merolagani



हाथवे इन्भेष्टमेन्ट कम्पनी लिमिटेड (HATHY) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३ करोड ३५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.३५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ६ करोड ४९ लाख रुपैयाँ थियो।

आम्दानी घटेसँगै कम्पनीको खुद नाफा ऋणात्मक भएको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ५९ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ४८.१८ प्रतिशत घटेको छ भने कुल खर्च १५.०५ प्रतिशत बढेको छ।

पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५१ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ८३ रुपैयाँ ४ पैसा रहेको छ।

१ अर्ब १७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७८ करोड १६ लाख रुपैयाँ सञ्चित छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।