स्पेशल प्रि ओपनमा कतिमा भयो सान्भि इनर्जीको पहिलो कारोबार?

Jul 20, 2025 10:46 AM Merolagani



साउन ४ गते, आइतबार, स्पेशल प्रि ओपन सेसनमा सान्भि इनर्जी (SANVI) को पहिलो कारोबार भएको छ। यस दिन सो सेसनमा कम्पनीको शेयर प्रतिकित्ता ३५९ रुपैयाँमा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर गत बिहीबार (साउन १ गते) नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ३७ लाख ९० हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ५० लाख १० हजार कित्ता शेयर गरी कुल ८८ लाख कित्ता शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले १२० रुपैयाँ ७४ पैसादेखि ३६२ रुपैयाँ २२ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। कम्पनीको शेयर एसएएनभीआई टिकरमा कारोबार भएको हो।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।