एनपीएलः आज दुई खेल हुँदै

Nov 24, 2025 07:00 AM Merolagani



एक दिनको विश्रामपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछ। अंक तालिकामा ४ अंक सहित शीर्ष स्थानमा रहेका विराटनगर किंग्स र सुदूरपश्चिम रोयाल्सको खेल आज हुँदैछ।

नेट रनरेटका आधारमा पहिलो स्थानमा रहेको विराटनगर किंग्सले आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विरुद्ध खेल्नेछ। एक मात्र खेल खेलेको जनकपुरले अहिलेसम्म कुनै अंक जोडेको छैन।

उद्घाटन खेलमा जनकपुर बोल्ट्स काठमाण्डू गोर्खाजसँग पराजित भएको थियो। दुई खेलमा विजयी रहेको विराटनगर आज आफ्नो अविजित यात्रालाई निरन्तरता दिनका लागि खेल्दैछ भने जनकपुर आफ्नो पहिलो जीतको खोजीमा छ।

लुम्बिनी लायन्सलाई पराजित गरेपश्चात उच्च मनोबल बोकेको कर्णाली याक्सले आज हुने दोस्रो खेलमा सुदूरपश्चिमको सामना गर्दैछ। अंक तालिका अनुसार दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले हालसम्म खेलेका दुई खेलमध्ये दुबै खेल जितेका छन् भने कर्णाली याक्स आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो।

आजको पहिलो खेल दिउँसो ११ः४५ मा सुरु हुनेछ भने दोस्रो खेल साँझ ४ बजे शुरु हुनेछ।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।