‘पर्ख र हेर’ को अवस्थामा मुक्तिनाथ कृषि कम्पनी, हेरौँ कम्पनी विश्लेषण

Mar 09, 2024 07:14 PM Merolagani



यस साता अन्य उपसमूहको परिसूचक २.९० प्रतिशत बढेको छ। गत साता १६७४.०६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता ४८.५९ अंक बढेर १७२२.६५ विन्दुमा पुगेको छ।

सोही उपसमूहको एक कम्पनी हो मुक्तिनाथ कृषि कम्पनी लिमिटेड (MKCL)।

यस साता सो कम्पनीको शेयरमूल्य १२ रुपैयाँ बढेको छ। गत साता ९३४ रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता ९४५ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

‘पर्ख र हेर’ को अवस्था

यस साता कम्पनीको शेयर ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। आगामी साता कम्पनीको शेयरमूल्य उकालो लागेमा १ हजार रुपैयाँमा टेवा पाउने देखिन्छ। त्यसैगरी, कम्पनीको शेयरमूल्य ओरालो लागेमा ९०० रुपैयाँमा टेवा पाउने देखिन्छ।

बुलिश रिभर्सलको संकेत

साप्ताहिक रुपमा कम्पनीको शेयरमूल्यले इन्भर्टेड ह्यामर मैनबत्ती बनाएको छ। यो एक बुलिश रिभर्सल संकेत हो। यसले आगामी साता कम्पनीको शेयरमूल्य बढ्न सक्ने संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले रातो मैनबत्ती बनाएको छ। यसल सो दिन कम्पनीको शेयरमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

कमजोर भोल्यूम

यस साता कम्पनीको भोल्यूम पनि कमजोर रहेको छ। यस साता दैनिक औषतमा कम्पनीको ८ हजार ३१४ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम १२ हजार ३९९ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा नेप्सेको दैनिक औषत भोल्यूम ३२.९४ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

यस साता कम्पनीको शेयरमूल्य बियरिश प्रवृत्तिमा रहेको छ। कम्पनीको एमएसिडी रेखा सिग्नल रेखाभन्दा तल रहेको छ। त्यसैगरी, कम्पनीको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा रहेको छ। यद्यपि, एमएसिडी रेखा र सिग्नल रेखा बीचको दूरी साँघुरो छ भने हिस्टोग्रामको उचाई पनि घट्दो छ।

खरिदबिक्री चाप सन्तुलनमा

साताको अन्तिम कारोबार दिन कम्पनीको आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा कम्पनीको शेयरमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले १९ करोड ४६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११८.१२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ८ करोड ९२ लाख रुपैयाँ थियो।

सञ्चालन आम्दानी बढेसँगै कम्पनीको खुद नाफा धनात्मक भएको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४९ लाख रुपैयाँ धनात्मक भएको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा २२५.१५ प्रतिशत बढेको छ भने कुल आम्दानी २१६.७१ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल सञ्चालन खर्च २९.०९ प्रतिशत बढेको छ।

७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी भने ६ करोड रुपैयाँ ऋणात्मक रहेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ७ रुपैयाँ ८६ पैसा ऋणात्मक रहेको कम्पनीको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ रुपैयाँ ४१ पैसा धनात्मक भएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ ४२ पैसा रहेको छ। साताको अन्तिम मूल्य अनुसार कम्पनीको मूल्य आम्दानी अनुपात ६७०.२१ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो १०.३४ गुणा रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा कम्पनीको ७० लाख कित्ता शेयर सूचीकृत छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको कुल बजार पूँजीकरण ६ अर्ब ६१ करोड ५० लाख रुपैयाँ रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य ८२३ रुपैयाँ ४ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य १ हजार ३१९ रुपैयाँ ५० पैसा रहेको छ भने न्यून मूल्य १७८ रुपैयाँ ८० पैसा रहेको छ।

ब्रोकर ३२ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर ३२ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ। यस साता सो ब्रोकरले कम्पनीको ३ हजार २२० कित्ता शेयर खरिद गरेको छ। यता ब्रोकर नम्बर ४१ ले यस साता कम्पनीको सबैभन्दा बढी ३ हजार ९४५ कित्ता शेयर बिक्री गरेको छ।

(यस समाचारमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।