प्रतिरोध क्षेत्रमा माथिल्लो मैलुङ्ग खोला जलविद्युत, हेरौँ कम्पनी विश्लेषण

May 11, 2024 07:22 PM Merolagani

यस साता जलविद्युत उपसमूहको परिसूचक २.२५ प्रतिशत घटेको छ। गत साता २४०६.२३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ५४.१६ अंक घटेर २३५२.०७ विन्दुमा झरेको छ।

सोही उपसमूहको एक कम्पनी हो माथिल्लो मैलुङ्ग खोला जलविद्युत लिमिटेड (MMKJL)।

यस साता सो कम्पनीको शेयरमूल्य ३९ रुपैयाँ ९० पैसा बढेको छ। गत साता ४१७ रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता ४५६ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ।

 

प्रतिरोध क्षेत्रमा

यस साता कम्पनीको शेयरमूल्य बढेर प्रतिरोध क्षेत्रमा पुगेको छ। हाल कम्पनीको प्रतिरोध क्षेत्र ४५० देखि ४६० सम्म रहेको छ। आगामी दिनमा कम्पनीको शेयरमूल्यले सो प्रतिरोध क्षेत्र तोडेर उकालो लागेमा ५०० देखि ५१० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। तर, प्रतिरोध क्षेत्रलाई तोड्न नसकि ओरालो लागेमा भने ३९५ देखि ४०० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

खरिदकर्ता बलियो

साप्ताहिक रुपमा यस साता कम्पनीको शेयरमूल्यले बुलिश मैनबत्ती बनाएको छ। त्यसैगरी, साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले हरियो मारुबोजु मैनबत्ती बनाएको छ। यसले सो साता र सो दिन कम्पनीको शेयरमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

यस साता कम्पनीको भोल्यूम पनि बलियो रहेको छ। यस साता दैनिक औषतमा कम्पनीको २४ हजार ३५२ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम १५ हजार ८२८ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा नेप्सेको दैनिक औषत भोल्यूम ५३.८५ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

यस साता कम्पनीको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको छ। कम्पनीको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ। त्यस्तै, एमएसिडी रेखा र हिस्टोग्राम दुबै सकारात्मक क्षेत्रमा रहेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

साताको अन्तिम कारोबार दिन कम्पनीको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा कम्पनीको शेयरमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनी ३ करोड १७ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी १ करोड ३० लाख रुपैयाँ नोक्सानीमा थियो।

विद्युत बिक्री आम्दानी भएपनि र वित्तीय खर्च बढेका कारण कम्पनीको खुद नोक्सानी बढ्न पुगेको हो।

चैत मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ४ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ। कम्पनीले २०८० माघ २८ गतेदेखि व्यापारिक उत्पादन शुरु गरेको हो। सो अवधिसम्ममा कम्पनीको वित्तीय खर्च ३ करोड ५ लाख रुपैयाँ रहेको छ जसका कारण कम्पनी नोक्सानीमा पुगेको हो।

१ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ८ करोड रुपैयाँ ऋणात्मक रहेको छ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ २३ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ रहेको छ। यस साताको अन्तिम कारोबार मूल्य आधारमा कम्पनीको प्राइस टु बुकभ्यालु रेशियो ४.९७ गुणा रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा कम्पनीको १ करोड कित्ता शेयर सूचीकृत छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको कुल बजार पूँजीकरण ४ अर्ब ५६ करोड ९० लाख रुपैयाँ रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य ३८८ रुपैयाँ ७७ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य ४७८ रुपैयाँ रहेको छ भने न्यून मूल्य २२५ रुपैयाँ रहेको छ।

ब्रोकर ६४ बाट सर्वाधिक खरिदबिक्री

यस साता ब्रोकर नम्बर ६४ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिदबिक्री गरेको छ। यस साता सो ब्रोकरले कम्पनीको १३ हजार ३५९ कित्ता शेयर बिक्री गरी १४ हजार ३४० कित्ता शेयर खरिद गरेको छ। त्यस्तै, यस साता ब्रोकर नम्बर ५८ ले कम्पनीको १३ हजार ४६८ कित्ता शेयर खरिद गरेको छ भने ब्रोकर नम्बर ४५ ले ६ हजार ६८० कित्ता शेयर बिक्री गरेको छ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

रिलायन्स स्पिनिङ्ग मिल्सले असार २७ गतेदेखि आईपीओ निष्काशन गर्ने, प्रतिकित्ता मूल्य कति?

Jul 03, 2024 06:00 AM

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले असार २७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।