नेप्से उच्च अंक बढेसँगै भोल्यूम पनि बढ्यो, करिब १ दर्जन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

Sep 02, 2024 03:09 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से उच्च अंक बढेर बन्द भएको छ। पछिल्ला दिनहरुमा निरन्तरजसो ओरालो लागिरहेको नेप्से, यस दिन उच्च अंक बढेर बन्द भएको हो।

सोमबार नेप्से परिसूचक १२७.३२ अंक बढेर २८२३.२५ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २२.९४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ९.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ८.१८ अंक बढेको छ।

नेप्से बढेसँगै यस दिन भोल्यूम पनि बढेको छ। अघिल्लो कारोबार दिन साढे १० अर्ब रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३५ स्टकको १ लाख ६० हजार ५७९ पटकको कारोबारमा १३ अर्ब १० करोड ४६ लाख रुपैयाँ बराबरको ३ करोड १४ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन करिब १ दर्जन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेशनल हाइड्रोपावर, बेष्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स, सुपरमाई हाइड्रोपावर, दोल्टी पावर लगायतका स्टकहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको लक्ष्मी उन्नती कोषको इकाईमूल्य यस दिन सर्वाधिक ४.७१ प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावट दर भने ४ प्रतिशतभन्दा तल रहेको छ।

कारोबार रकमका आधारमा यस दिन गुडविल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ४६ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन अपि पावरको करिब ४२ करोडको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको ३३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ७.९४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत र लगानी उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।




comments powered by Disqus

२० प्रतिशतभन्दा धेरैले बजार मूल्य झरेका कम्पनीहरु चिन्नुहोस, अबको ‘बाइ लिष्ट’ मा यस्तै कम्पनी राख्ने कि ? सूचीसहित

Sep 10, 2024 06:37 PM

साउनको अन्तिम कारोबार दिन साउन ३१ गते अर्थात अगष्ट १५ मा पछिल्लो स्वीङ हाई ३ हजार बनाएको नेप्से परिसूचक पछिल्लो समय लगातार घट्दो ट्रेन्डमा छ ।