नेप्से घट्दा दुई उपसमूहको परिसूचक भने सकारात्मक

Sep 05, 2024 03:11 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। यस दिन नेप्से घटेपनि दुई उपसमूहको परिसूचक भने सकारात्मक रहेको छ।

बिहीबार १३ उपसमूहमध्ये लघुवित्त र व्यापार उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्तको उपसमूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको परिसूचक ०.१६ प्रतिशत बढेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक १.३६ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूच्क १ प्रतिशत घटेको छ।

यस दिन नेप्से परिसूचक भने १२.१० अंक घटेर २७२७.३६ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.३५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६९ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार करिब १३ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१६ स्टकको १ लाख १२ हजार ६९२ पटकको कारोबारमा ९ अर्ब ६५ करोड १५ लाख १३ हजार रुपैयाँ बराबरको २ करोड १ लाख ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। यस दिन सो लघुवित्तको शेयरमूलय ४७० रुपैयाँ बढेर ५ हजार १७० रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस दिन युनिक नेपाल लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ। कारोबारमा आएको नेपाल फाइनान्सको शेयरमूल्य यस दिन सर्वाधिक ८.९१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ४० करोड ५० लाख ९९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन एनएलजी इन्स्योरेन्सको ३४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने गुडविल फाइनान्सको करिब ३० करोडको शेयर किनबेच भएको छ।




comments powered by Disqus

२० प्रतिशतभन्दा धेरैले बजार मूल्य झरेका कम्पनीहरु चिन्नुहोस, अबको ‘बाइ लिष्ट’ मा यस्तै कम्पनी राख्ने कि ? सूचीसहित

Sep 10, 2024 06:37 PM

साउनको अन्तिम कारोबार दिन साउन ३१ गते अर्थात अगष्ट १५ मा पछिल्लो स्वीङ हाई ३ हजार बनाएको नेप्से परिसूचक पछिल्लो समय लगातार घट्दो ट्रेन्डमा छ ।