सिटिजन्स क्यापिटलका ३ म्युचुअल फण्डहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 08, 2024 07:06 AM Merolagani



असोज २२ गते, मंगलबार, सिटिजन्स क्यापिटलका ३ म्युचुअल फण्डहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सिटिजन्स म्युचुअल फण्ड १ (CMF1), सिटिजन्स म्युचुअल फण्ड २ र सिटिजन्स सुपर ३० म्युचुअल फण्डले भोली अर्थात असोज २३ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सिटिजन्स क्यापिटलको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फन्ड १ ले इकाइधनीहरुलाई गत वर्षको नाफाबाट करसहित ९ प्रतिशत, सिटिजन्स म्युचुअल फन्ड २ (CMF2) ले करसहित ६.५ प्रतिशत र सिटिजन्स सुपर ३० (C30MF) ले करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्नेछ।




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।