रु रु जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 15, 2024 06:10 AM Merolagani



असोज २९ गते, मंगलबार, रु रु जलविद्युत परियोजना (RURU) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज ३० गते, बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ। यसका साथै कम्पनीले बोनस शेयरको कर प्रयोजनार्थ ०.७८९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ८० प्रतिशत अर्थात हाल कायम १० कित्ता बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने घोषणा पनि गरेको छ।

यी प्रस्तावहरु पारित गर्न कम्पनीले कात्तिक ११ गते, लिसार ब्याङकेट, नक्साल, काठमाडौँमा १९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।




comments powered by Disqus

भारतीय प्रसिद्ध व्यापारी रतन टाटाको ८६ वर्षको उमेरमा निधन

Oct 10, 2024 06:36 AM

टाटा सन्सका अध्यक्ष रतन नवल टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ। उनको निधनको जानकारी बुधबार राति सार्वजनिक भएको हो।