प्रि ओपन सेसन अपडेटः करिब ५ अंक बढ्यो नेप्से

Oct 17, 2024 10:54 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ४३.२२ अंक बढेर २७४२.८८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.८० अंक बढेर २७४७.६९ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.८९ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ३७ स्टकको ७१ पटकको कारोबारमा १ करोड ६० लाख ७८ हजार १७० रुपैयाँ ७० पैसाबराबरको ४६ हजार ६२८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २२ स्टकको मूल्य बढेको छ भने १३ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus

फेरि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Oct 16, 2024 09:23 AM

वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। जस अनुसार बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, असोज महिनाको तुलनामा घटेको देखिएको छ।