प्रतिरोध परीक्षणमा सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, हेरौँ कम्पनी विश्लेषण

Oct 19, 2024 05:59 PM Merolagani



यस साता लगानी उपसमूहको परिसूचक करिब ३ प्रतिशत बढेको छ। गत साता १०६.५५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता २.९७ प्रतिशत अर्थात ३.१६ अंक बढेर १०९.७१ विन्दुमा पुगेको छ।

सोही उपसमूहको एक कम्पनी हो सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (CHDC) ।

यस साता सो कम्पनीको शेयरमूल्य ४४ रुपैयाँ ९० पैसा बढेको छ। गत साता १ हजार ७४५ रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता १ हजार ७८९ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ।

 

प्रतिरोध परीक्षणमा

हाल कम्पनीको शेयरमूल्यले १ हजार ७५० देखि १ हजार ८३० सम्मको प्रतिरोध क्षेत्र परीक्षण गरिरहेको छ। गत बुधबार इन्ट्रा डेमा कम्पनीकोा शेयरमूल्य सो प्रतिरोध क्षेत्रभन्दा माथि गएता पनि अन्तिम समयमा भने प्रतिरोध क्षेत्रमै झरेर बन्द भएको थियो। आगामी साता कम्पनीको शेयरमूल्यले सो क्षेत्रमा प्रतिरोध सामना गरी फर्किएमा १ हजार ५२० देखि १ हजार ५८५ को क्षेत्रमा टेवा पाउने देखिन्छ। तर, सो प्रतिरोध क्षेत्र तोडेर उकालो लागेमा भने २ हजार १०० देखि २ हजार २०० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

अन्योलमा लगानीकर्ता

गत साता लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य बढ्छ कि घट्छ भन्ने अन्योलमा रहेको देखिन्छ। खरिदकर्ताहरुले मूल्य बढाएर माथि पुर्याउन खोजेपनि अन्त्यमा बिक्रीकर्ताहरु हाबी भएको देखिन्छ। साताका अन्तिम दुई कारोबार दिन कम्पनीको शेयरमूल्यले बियरिश मैनबत्ती बनाएको छ। जसले ती दिनहरुमा कम्पनीको शेयरमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

कमजोर भोल्यूम

यस साता कम्पनीको शेयरमूल्य बढेपनि भोल्यूम भने कमजोर रहेको छ। यस साता दैनिक औषतमा कम्पनीको ४८ हजार ६७२ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम ९७ हजार ९९१ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा नेप्सेको दैनिक औषत भोल्यूम ५०.३३ प्रतिशत बढी हो।

बियरिश प्रवृत्ति

यस साता कम्पनीको शेयरमूल्य बियरिश प्रवृत्तिमा रहेको छ। कम्पनीको एमएसिडी रेखा सिग्नल रेखाभन्दा तल रहेको छ। त्यसैगरी, कम्पनीको हिस्टोग्राम पनि शून्य रेखाभन्दा तल रहेको छ। यद्यपि, एमएसिडी रेखा र सिग्नल रेखा बीचको दूरी र हिस्टोग्रामको उचाई घट्दै गएको छ। आगामी दिनमा एमएसिडी रेखाले सिग्नल रेखालाई तलबाट काटेर माथि लागेमा बुलिश क्रशओभर बन्नेछ। जसले कम्पनीको शेयरमूल्य बढ्ने संकेत गर्दछ।

बिक्रीचाप बढी

साताको अन्तिम कारोबार दिन कम्पनीको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोनमा रहेको छ। यसले बजारमा कम्पनीको शेयरमा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ८ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.३९ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष कम्पनीले ११ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

आम्दानी घटेको र खर्च बढेका कारण कम्पनीको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सेवा शुल्क, ब्याज र कमिशन आम्दानी १९.०४ प्रतिशत घटेको छ। तर, कम्पनीको प्रशासनिक खर्च र कुल खर्च क्रमशः १२४.२४ प्रतिशत र ११९.२० प्रतिशत बढेको छ।

११ प्रतिशत बोनस शेयर समायोजनपश्चात १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४८ करोड २७ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीको बोनस शेयर समायोजित प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९३ पैसा रहेको छ भने बुकभ्यालु १४६ रुपैयाँ ६८ पैसा रहेको छ। यस साताको अन्तिम कारोबार मूल्य आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात २२५.७१ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो १२.२ गुणा रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा कम्पनीको १ करोड ३ लाख ४२ हजार ३७०.६१ कित्ता शेयर सूचीकृत छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको कुल बजार पूँजीकरण १८ अर्ब ५१ करोड १८ लाख ९ हजार १५४ रुपैयाँ ८४ पैसा रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य १ हजार ३४९ रुपैयाँ २७ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य २ हजार ३७० रुपैयाँ रहेको छ भने न्यून मूल्य ६२७ रुपैयाँ रहेको छ।

ब्रोकर ३९ बाट सर्वाधिक खरिदबिक्री

यस साता ब्रोकर नम्बर ३९ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ। यस साता सो ब्रोकरले कम्पनीको ४५ हजार १०१ कित्ता शेयर खरिद गरेको छ। त्यस्तै, सोही व्रोकरले यस साता कम्पनीको सबैभन्दा बढी ५० हजार ३२१ कित्ता शेयर बिक्री गरेको छ।

मूल्य बढ्ने अपेक्षा

फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयरमूल्य अहिले ग्रीड जोनमा रहेको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य अझ बढ्छ भन्ने अपेक्षामा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




comments powered by Disqus

फेरि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Oct 16, 2024 09:23 AM

वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। जस अनुसार बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, असोज महिनाको तुलनामा घटेको देखिएको छ।