सिटि होटलको नोक्सानी घट्यो

Nov 14, 2024 07:20 AM Merolagani



सिटि होटल लिमिटेड (CITY) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार होटलको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ७ करोड ७७ लाख रुपैयाँ नोक्सानीमा रहेको यस होटलले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ५ करोड ६२ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ।

होटलको आम्दानी घटेपनि वित्तीय खर्च घटेका कारण खुद नोक्सानी घट्न पुगेको हो।

समीक्षा अवधिमा होटलको सञ्चालन आम्दानी ४.८५ प्रतिशत र कुल आम्दानी १.०४ प्रतिशत घटेको छ। त्यस्तै, होटलको कुल खर्च समीक्षा अवधिमा ७.०६ प्रतिशत बढेकाे छ भने वित्तीय खर्च १५.२७ प्रतिशत घटेको छ।

१ अर्ब ६७ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस होटलको अन्य इक्विटी १५ करोड ९२ लाख रुपैयाँ ऋणात्मक रहेको छ। असोज मसान्तसम्ममा होटलको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३६ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९० रुपैयाँ ४९ पैसा रहेको छ।

 



यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।