लकडाउन खुलेपछि चन्द्रागिरीको नोक्सानी घट्यो

Oct 29, 2021 08:12 AM Merolagani



चन्द्रागिरी हिल्स लिमिटेड (CGH) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ३ करोड ८७ लाख २१ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरोको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८ करोड ७१ लाख रुपैयाँ नोक्सानी व्यहोरोको थियो।

लकडाउन खुलेसँगै कम्पनीको आर्थिक प्रशासनिक क्रियाकलापहरु सञ्चालन हुन थालेपछि कम्पनीको नोक्सानी घट्न पुगेको हो। फलस्वरुप गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ७८ लाख रुपैयाँ ऋणात्मक रहेको सञ्चालन आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्म ९१ लाख ३३ हजार रुपैयाँ धनात्मक भएको छ।

असोज मसान्तसम्ममा कम्पनीले ८ करोड १५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ४४ लाख २० हजार रुपैयाँ मात्र थियो।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १३.६४ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको जगेडा कोष ४३ करोड २२ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ १० पैसा ऋणात्मक रहेको छ। त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ ७१ रुपैयाँ ८२ पैसा रहेको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।