आम्दानी बढेसँगै चन्द्रागिरी हिल्सको नाफा धनात्मक

Nov 11, 2022 08:58 AM Merolagani



चन्द्रागिरी हिल्स लिमिटेड (CGH) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार कम्पनीको नाफा सो अवधिसम्ममा धनात्मक भएको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ३७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो।

कम्पनीको सञ्चालन आम्दानी बढेसँगै खुद नाफा धनात्मक हुन पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ६९.२० प्रतिशत बढेको छ भने कुल आम्दानी ८७.१७ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको अन्य आम्दानी २५८.६७ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको ईपीएस पनि बढेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ६ रुपैयाँ १९ रुपैयाँ ऋणात्मक रहेको कम्पनीको ईपीएस, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३ रुपैयाँ ४२ पैसा धनात्मक रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ७५ रुपैयाँ १४ पैसा रहेको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।