आम्दानी घटेपनि यस कारण घट्यो कालिञ्चोक दर्शनको नोक्सानी

Nov 17, 2024 06:33 AM Merolagani



कालिञ्चोक दर्शन लिमिटेड (KDL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ८५ लाख ७० हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनी ९८ लाख ८७ हजार रुपैयाँ नोक्सानीमा थियो।

कम्पनीको आम्दानी घटेपनि वित्तीय खर्च घटेका कारण खुद नोक्सानी घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको आम्दानी २.१० प्रतिशत घटेको छ भने सञ्चालन आम्दानी २.१९ प्रतिशत घटेको छ। कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा ५२.०८ प्रतिशत घटेको छ। जसका कारण कम्पनीको नोक्सानी घट्न पुगेको हो।

५९ करोड ६३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ७ लाख ७८ हजार रुपैयाँ ऋणात्मक रहेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ३२ पैसा रहेको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।