नाफासँगै बढ्यो चन्द्रागिरी हिल्सको प्रतिशेयर आम्दानी

Nov 10, 2023 08:47 AM Merolagani



चन्द्रागिरी हिल्स लिमिटेड (CGH) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३.०७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २० करोड ६१ लाख रुपैयाँ रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.५९ प्रतिशत बढी हो। त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १०.१९ प्रतिशत बढेको छ भने खर्च ५१.५९ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ १६ पैसा बढेर ५ रुपैयाँ ५७ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ८६ रुपैयाँ ११ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १९१.१३ गुणा रहेको छ।

१ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष २१ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको छ।




comments powered by Disqus

पाकिस्तान र बंगलादेश बीचको ‘ऐतिहासिक सम्झौता’ पछि ओलीसँग यसकारण थप तर्सियो भारत

Nov 17, 2024 06:00 PM

मंसिरको तेस्रो साता तिर हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी जति सुस्त गतिमा भइरहेको छ,त्यो भन्दा धेरै हल्ला भइरहेको छ । प्रधानमन्त्री भएपछि पहिलो औपचारिक विदेश भ्रमण भारतबाट शुरु गर्ने ‘परम्परा’लाई चुनौति दिँदै ओलीले चीन भ्रमणको तयारी गरेपछि भारतले त्यसलाई विथोल्ने प्रयास गरिरहेको चर्चा कुटनीतिक वृतमा चलिरहेको छ।