गत साता साढे २ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Nov 24, 2024 06:23 AM Merolagani



गत साता नेप्से परिसूचक साढे २ प्रतिशत घटेर बन्द भएको थियो। अघिल्लो साता २७४८.७८ विन्दुमा बन्द भएको नेप्से, गत साता २.४९ प्रतिशत अर्थात ६८.३४ अंक घटेर २६८०.४४ विन्दुमा झरेको हो।

गत साता बजार खुलेका ४ कारोबार दिनमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने दुई कारोबार दिन नेप्से घटेको थियो। सो साताको मंगलबार र बिहीबार नेप्से घटेको थियो।

 

प्रतिरोध परीक्षण गरी फर्कियो

गत साता नेप्सेले २७३० देखि २७८० को प्रतिरोध परीक्षण गरी फर्किएको छ। अघिल्लो साता पनि सोही प्रतिरोध क्षेत्र परीक्षणमा रहेको नेप्से, गत साताको दोस्रो कारोबार दिनदेखि सो क्षेत्रभन्दा तल झरेको हो। आगामी दिनका लागि सोही क्षेत्र नेप्सेको प्रतिरोध क्षेत्र रहेको छ। यस साता नेप्से ओरालो लागेमा २४४० देखि २५३० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

बिक्रीकर्ता हाबी

यस साता साप्ताहिक रुपमा नेप्सेले बियरिश मैनबत्ती बनाएको छ। त्यसैगरी, साताको अन्तिम कारोबार दिन पनि नेप्सेले रातो मैनबत्ती नै बनाएको छ। यसले सो साता र सो दिन बजारमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

बलियो भोल्यूम

नेप्से घटेपनि गत साता भोल्यूम भने बलियो नै रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ९ अर्ब ३९ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ७ अर्ब ३१ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ३०.९१ प्रतिशत बढी हो

बियरिश क्रशओभर

साताको अन्तिम कारोबार दिन एमएसिडीमा बियरिश क्रशओभर बनेको छ। नेप्सेको एमएसिडी रेखाले सिग्नल रेखालाई माथिबाट काटेर तल लागेसँगै यस्तो क्रशओभर बनेको छ। यसले आगामी दिनमा नेप्से घट्ने संकेत गर्दछ। त्यस्तै, साताको अन्तिम कारोबार दिन नेप्सेको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा झरेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता स्टकास्टिक आरएसआईमा नेप्से परिसूचक न्यूट्रल जोनमा रहेको छ। यसले सो साता बजारमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।