गत साता साढे २ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Dec 01, 2024 06:34 AM Merolagani



गत साता नेप्से परिसूचक साढे २ प्रतिशत बढेर बन्द भएको थियो। अघिल्लो साता २६८०.४४ विन्दुमा बन्द भएको नेप्से, गत साता २.५२ प्रतिशत अर्थात ६७.६१ अंक बढेर २७४८.०५ विन्दुमा पुगेको हो।

गत साता ५ कारोबार दिनमध्ये तीन कारोबार दिन नेप्से बढेको थियो भने दुई कारोबार दिन नेप्से घटेको थियो। गत साताको पहिलो र अन्तिम कारोबार दिन नेप्से घटेको थियो।

 

प्रतिरोध क्षेत्रमा

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक प्रतिरोध क्षेत्रमा बन्द भएको छ। हाल नेप्सेको प्रतिरोध क्षेत्र २७३० देखि २७८० सम्म रहेको छ। नेप्सेले यस अघिपनि सोही क्षेत्रमा दुई पटक प्रतिरोधको सामना गरेको थियो। आगामी दिन नेप्सेको ओरालो लागेमा २४४० देखि २५३० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

ट्रिपल टप प्याटर्न

गत साता नेप्सेले ट्रिपल टप प्याटर्न बनाएको छ। नेप्सेले २७३० देखि २७८० को प्रतिरोध क्षेत्रमा यस्तो प्याटर्न बनाएको हो। यसले आगामी दिनमा नेप्से घट्ने संकेत गर्दछ। साप्ताहिक रुपमा भने नेप्सेले छोटो पुच्छर र टुप्पी भएको हरियो मैनबत्ती बनाएको छ। जसले गत साता बजारमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

नेप्से बढेसँगै गत साता भोल्यूम भने बलियो नै रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ७ अर्ब ८८ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ७ अर्ब ७८ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम १.२८ प्रतिशत बढी हो

बुलिश क्रशओभर

साताको अन्तिम कारोबार दिन एमएसिडीमा बुलिश क्रशओभर बनेको छ। नेप्सेको एमएसिडी रेखाले सिग्नल रेखालाई तलबाट काटेर माथि लागेसँगै यस्तो क्रशओभर बनेको छ। यसले आगामी दिनमा नेप्से बढ्ने संकेत गर्दछ। यद्यपि, यसको बैधता भने आगामी कारोबार दिनले नै पुष्टि गर्नेछ। त्यस्तै, साताको अन्तिम कारोबार दिन नेप्सेको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रबाट सकारात्मक क्षेत्रमा उक्लिएको छ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता स्टकास्टिक आरएसआईमा नेप्से परिसूचक न्यूट्रल जोनमा रहेको छ। यसले सो साता बजारमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।