गत साता सामान्य अंक घटेको नेप्से, यस साता के होला?

Dec 08, 2024 06:33 AM Merolagani



गत साता नेप्से परिसूचक नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको थियो। अघिल्लो साता २७४८.०५ विन्दुमा बन्द भएको नेप्से, गत साता ०.४८ प्रतिशत अर्थात १३.१२ अंक बढेर २७३४.९३ विन्दुमा झरेको छ।

गत साता ५ कारोबार दिनमध्ये तीन कारोबार दिन नेप्से घटेको थियो भने दुई कारोबार दिन नेप्से बढेको थियो। गत साताको सोमबार र मंगलबार नेप्से बढेको थियो।

 

प्रतिरोध क्षेत्रमा

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक प्रतिरोध क्षेत्रमा बन्द भएको छ। हाल नेप्सेको प्रतिरोध क्षेत्र २७३० देखि २७८० सम्म रहेको छ। नेप्सेले गत साता सहित ३ पटक सोही क्षेत्रमा प्रतिरोधको सामना गरिसकेको छ। आगामी दिन नेप्सेको ओरालो लागेमा २४४० देखि २५३० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

ट्रिपल टप प्याटर्न

गत साता नेप्सेले ट्रिपल टप प्याटर्न बनाएको छ। नेप्सेले २७३० देखि २७८० को प्रतिरोध क्षेत्रमा यस्तो प्याटर्न बनाएको हो। यसले आगामी दिनमा नेप्से घट्ने संकेत गर्दछ। साप्ताहिक रुपमा भने नेप्सेले छोटो पुच्छर र टुप्पी भएको रातो मैनबत्ती बनाएको छ। जसले गत साता बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

नेप्से घटेपनि गत साता भोल्यूम भने बलियो नै रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ९ अर्ब ८ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ८ अर्ब ७३ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ४ प्रतिशत बढी हो

बियरिश क्रशओभर बन्ने सम्भावना

साताको अन्तिम कारोबार दिन एमएसिडीमा बियरिश क्रशओभर बन्ने सम्भावना देखिएको छ। नेप्सेको एमएसिडी रेखाले सिग्नल रेखालाई माथिबाट काटेर तल लागेपछि यस्तो क्रशओभर बन्ने छ। जसले आगामी दिनमा नेप्से घट्ने संकेत गर्दछ। त्यस्तै, साताको अन्तिम कारोबार दिन नेप्सेको हिस्टोग्रामको उचाई पनि घट्दो क्रममा रहेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता स्टकास्टिक आरएसआईमा नेप्से परिसूचक न्यूट्रल जोनमा रहेको छ। यसले सो साता बजारमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।