चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले १ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७९.३९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ८६ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
खुद ब्याज आम्दानी बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७५.७५ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ५.०६ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ५०.८६ प्रतिशत र सञ्चालन मुनाफा २२४.७५ प्रतिशत बढेको छ।
नाफासँगै लघुवित्तको ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको ईपीएस ७ रुपैयाँ १७ पैसा बढेर २५ रुपैयाँ ३२ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ३२ पैसा रहेको छ।
१२ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५ करोड ५ लाख रुपैयाँ सञ्चित छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले १ अर्ब १९ करोड २३ लाख रुपैयाँ सापटी तथा ३८ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ७५ करोड १४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।