गत साता साढे २ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Mar 02, 2025 06:36 AM Merolagani



गत साता नेप्से परिसूचक साढे २ प्रतिशत बढेर बन्द भएको छ। अघिल्लो साता २७४३.७४ विन्दुमा बन्द भएको नेप्से, गत साता २.६० प्रतिशत अर्थात ७१.३० अंक बढेर २८१५.०४ विन्दुमा पुगेको छ।

गत साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो जसमध्ये चारै कारोबार दिन नेप्से बढेर बन्द भएको थियो।

 

प्रतिरोध क्षेत्रभन्दा माथि

गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक प्रतिरोध क्षेत्रभन्दा माथि बन्द भएको छ। गत सातासम्म नेप्सेको प्रतिरोध क्षेत्र २७६० देखि २८०० सम्म रहेको थियो। साताको अन्तिम कारोबार दिन नेप्से सो क्षेत्रभन्दा माथि बन्द भएको छ। आगामी दिनमा नेप्से उकालो लागेमा ३००० देखि ३०५० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। तर, फेरी प्रतिरोधको सामना गरी ओरालो लागेमा भने २४४० देखि २५०० मा डिमान्ड आउने देखिन्छ।

खरिदकर्ता हाबी

साप्ताहिक रुपमा गत साता नेप्सेले बुलिश मारुबोजु मैनबत्ती बनाएको छ। त्यसैगरी, साताको अन्तिम कारोबार दिन पनि नेप्सेले हरियो मैनबत्ती नै बनाएको छ। यसले सो साता र सो दिन बजारमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

गत साता नेप्सेसँगै भोल्यूम पनि बलियो रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा १० अर्ब ९८ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ९ अर्ब ६० करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम १४.३७ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ भने यी दुई बीचको दूरी बढ्दै गइरहेको छ। त्यस्तै, हिस्टोग्रामको उचाई पनि सकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ। यसले गत साता बजार बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदचाप बढ्दै

गत साता नेप्सेको स्टकास्टिक आरएसआई बढेर ओभरबट जोनमा पुगेको छ। यसले बजारमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।