सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो

Mar 07, 2025 10:51 AM Merolagani



फागुन २३ गते, शुक्रबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला १ लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, यस दिन ५०० रुपैयाँ घटेर तोलाको १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ।

यस दिन चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेको छ। बिहीबार प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।