सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो

Mar 07, 2025 10:51 AM Merolagani



फागुन २३ गते, शुक्रबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला १ लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, यस दिन ५०० रुपैयाँ घटेर तोलाको १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ।

यस दिन चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेको छ। बिहीबार प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।