प्रतिरोध क्षेत्रमा गरिमा विकास बैंक, हेरौँ कम्पनी विश्लेषण

Mar 08, 2025 05:54 PM Merolagani



यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.१५ प्रतिशत बढेको छ। गत साता ५७३१.०७ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता १८०.५४ अंक बढेर ५९११.६१ विन्दुमा पुगेको छ। सोही उपसमूहको एक बैंक हो, गरिमा विकास बैंक लिमिटेड (GBBL) ।

बैंकको शेयरमूल्य यस साता ११ रुपैयाँ बढेको छ। गत साता ४०४ रुपैयाँमा अन्तिम कारोबार भएको यस बैंकको शेयर, यस साता ४१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

 

प्रतिरोध क्षेत्रमा

साताको अन्तिम कारोबार दिन बैंकको शेयरमूल्य प्रतिरोध क्षेत्रमा रहेको छ। हाल बैंकको प्रतिरोध क्षेत्र ४१० देखि ४२० सम्म रहेको छ। आगामी दिनमा बैंकको शेयरमूल्यले सो प्रतिरोध क्षेत्र तोडेर उकालो लागेमा ४६५ देखि ४७५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। तर, सो क्षेत्रबाट ओरालो लागेमा भने ३४८ देखि ३५८ को क्षेत्रमा टेवा पाउने देखिन्छ।

खरिदकर्ता हाबी

यस साता साप्ताहिक रुपमा बैंकको शेयरमूल्यले लामो टुप्पी र छोटो पुच्छर भएको हरियो मैनबत्ती बनाएको छ। यसले साताको सुरुवातमा बैंकको शेयरमा बिक्रीकर्ता हाबी भएपनि अन्त्यतिर भने खरिदकर्ता हाबी भएको संकेत गर्दछ। त्यस्तै, साताको अन्तिम कारोबार दिन पनि बैंकको शेयरमूल्यले बुलिश मैनबत्ती बनाएको छ जसले सो दिन पनि बजारमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।

एआई सिग्नल

मेरोलगानी एआई चार्टले बैंकको शेयरमा हालसम्म ११ वटा सिग्नल दिइसकेको छ। जसमध्ये ८ वटा सिग्नलमा लगानीकर्ताहरुले नाफा कमाएका थिए भने ३ वटामा स्टप लस गर्नु परेको थियो। हाल एआईले बैंकको शेयरमा कुनै सिग्नल देखाएको छैन।

बलियो भोल्यूम

यस साता शेयरमूल्यसँगै भोल्यूम पनि बलियो रहेको छ। यस साता बैंकको दैनिक औषतमा ६१ हजार १६५ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन बैंकको २० दिने औषत भोल्यूम ४३ हजार १२० रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा यस साताको दैनिक औषत भोल्यूम ४१.८४ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

साताको अन्तिम कारोबार दिन बैंकको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ। त्यस्तै, यी दुबै रेखाहरु बीचको दूरी फराकिलो बन्द गएको छ। बैंकको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा रहेको छ। यसले यस साता बैंकको शेयर बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदचाप बढी

यस साता बैंकको स्टकास्टिक आरएसआई ओभरबट जोनमा रहेको छ। यसले सो साता बैंकको शेयरमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ५४ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.१६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५१ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेसँगै बैंकको खुद नाफा पनि सामान्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.१९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ७.२८ प्रतिशत बढेको छ। त्यस्तै, समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेर ४.७२ प्रतिशत पुगेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ३.९२ प्रतिशत बढेको छ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १४ करोड ७६ लाख रुपैयाँ रहेको छ।

५ अर्ब ६८ करोड ५ लाख १७ हजार रुपैयाँ चक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ८४ करोड ९३ लाख ५८ हजार रुपैयाँ सञ्चित छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३४ पैसा रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २ रुपैयाँ ६० पैसा रहेको छ। त्यसैगरी, सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ १६ पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा बैंकको मूल्य आम्दानी अनुपात २१.४६ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो २.७६ गुणा रहेको छ।

आधारभूत विश्लेषण

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाल बैंकको ५ करोड ६८ लाख ५ हजार १७३.२८ कित्ता शेयर सूचीकृत छ। बैंकको १८० दिने औषत मूल्य ४२५ रुपैयाँ ५० पैसा रहेको छ। त्यसैगरी, बैंकको ५२ हप्ताको उच्च मूल्य ५३१ रुपैयाँ ४० पैसा रहेको छ भने न्यून मूल्य ३५० रुपैयाँ १० पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा बैंकको कुल बजार पूँजीकरण २३ अर्ब ५७ करोड ४१ लाख ४६ हजार ९११ रुपैयाँ २० पैसा रहेको छ।

ब्रोकर ४२ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर ४२ ले बैंकको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता बैंकको २७ हजार १०३ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, यस साता ब्रोकर नम्बर १३ ले बैंकको १९ हजार ६३० कित्ता शेयर खरिद गरेको छ। बैंकको शेयर सर्वाधिक बिक्री गर्ने ब्रोकर भने १७ नम्बर रहेको छ। सो ब्रोकरले यस साता बैंकको २३ हजार ९०६ कित्ता शेयर बिक्री गरेको छ।

न्यूट्रल जोनमा

फियर एण्ड ग्रीड मिटरमा बैंकको शेयर अहिले न्यूट्रल जोनमा रहेको छ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




comments powered by Disqus

गभर्नरमा डा. भट्ट ‘कन्फर्म’ भएकाे कुरा के हाे ? डा.निलमको आधा—आधाको हिसाब यसरी विग्रियो

Apr 17, 2025 11:26 AM

भनिन्छ, जब इमान्दारहरुबीच खुट्टा तानातान हुन्छ, तब खराब मान्छेले मौका पाउंछ र जब खराबहरुका बीचमा खुट्टा तानातान हुन्छ, तब इमान्दारले मौका पाउंछ ।