स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको पहिलो कारोबार?

Apr 10, 2025 10:48 AM Merolagani



चैत २८ गते, बिहीबार, स्पेशल प्रि ओपन सेसनमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स (CREST) को पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता ३०२ रुपैयाँ ५० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको २२ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५२ लाख ५० हजार कित्ता गरी कुल ७५ लाख कित्ता चैत २७ गते, बुधबार, नेप्सेमा सूचीकृत भएको थियो।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ ८६ पैसा देखि ३०२ रुपैयाँ ५८ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको शेयर कारोबार भएको हो। कारोबारका लागि कम्पनीलाई सीआरईएसटी स्टक टिकर प्रदान गरिएको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।