तेह्रथुम पावरको शेयरमूल्य समायोजन

May 19, 2025 07:30 AM Merolagani



जेठ ५ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तेह्रथुम पावर कम्पनी (TPC) को शेयरमूल्य समायोजन भएको छ। हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

यस दिन नेप्सेले कम्पनीको १०० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ३४७ रुपैयाँ ६ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार, कम्पनीको अन्तिम शेयरमूल्य ५९४ रुपैयाँ ११ पैसा कायम भएको थियो।

यही समायोजत मूल्यलाई आधारमा मानेर यस दिन दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ४० करोडको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।




सुनको मूल्यमा भारि गिरावट

Jun 17, 2025 10:42 AM

असार ३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले घटेको हो ।